प्लाष्टिकको पानी पोका देखेर किन भाग्छन् झिंगा ?



तपाईले कसैको घरमा जाँदा अथवा पसलमा जाँदा झिंगा धपाउन प्लाष्टिकमा पानी भरेर झुन्ड्याईएको देख्नु भएको छ ? पक्कै देखेको हुनुपर्छ किनकी यो झिंगा भगाउने लोकप्रिय तरिका हो ।

पानीले भरिएको प्लास्टिकको पोका देखेर झिंगा कसरी भाग्छ ? भन्ने धेरैको मनमा लागेको हुनुपर्छ । यदी तपाइको मनमा पनि त्यस्तै लागेको छ भने यो सामग्री तपाईका लागि खुराक बन्ने छ ।

झिंगा भाग्नुमा त्यस्तो ठूलो कारण केही पनि छैन । तर कारण भने रहस्यमयात्मक खालको छ । प्लास्टिकको झोलाले प्रकाश परबर्तन गर्ने तरिकाका कारण झिंगा भाग्ने गरेको हो ।

झिंगाको आँखा बिशेष प्रकारको हुन्छ । यिनीहरुको आँखामा ८००० भन्दा बढी लेन्सहरु हुन्छन। यस्तो किसिमको आँखालाई बैज्ञानिक भाषामा कम्पाउन्ड आँखा भनिन्छ ।

यस्तो आँखामा दृश्य क्षमता त बढी हुदैन तर चाल थाहा पाउने शक्ति अधिक हुन्छ । त्यसैले झिंगालाई पछाडीबाट पनि समाउन गाह्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्