विमान दुर्घटनामा ७१ यात्रुमध्ये ३३ नेपाली



काठमाडौँ , २८ फागुन २०७४

आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी आगलागी भएको युएस बंगलाको विमानका सावर ७१ यात्रुमध्ये ३३ जना नेपालीहरु भएको रहस्य खुलेको छ ।

विमानका यात्रुहरु मध्ये  तालिमका लागि बंगलादेश गएर फर्कदै गरेका विभिन्न ट्राभल्स एजेन्सीमा काम गर्ने १६ जना नेपालीहरु पनि दुर्घटनामा परेका छन् ।

त्रिभुवन विमानस्थलका अनुसार विमानका ६७ जना यात्रु र ४ जना चालक दलका सदस्य मध्ये ३७ जना पुरुष र बाँकी महिला तथा बालबालिका रहेका छन् ।

जहाजका ७१ यात्रुमध्ये २८ जनाको मात्र उद्दार गरेर काठमाडौँका विभिन्न अस्पताल लगिएको थियो । अस्पताल पुर्याइएका अधिकांश घाइतेको मृत्यु भएको छ ।

नर्भिक अस्पतालमा उपचार भैरहेका ४ जना मध्ये ३ जना नेपाली र एक जना बंगलादेसका नागरिक रहेको खुलेको छ ।

दोस्रो पटकको अवतरण प्रयासमा विमान दुर्घटना भएको विमानस्थलले बताइएको छ । विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्