काठमाडौं, २८ फागुन २०७४
प्रधानमन्त्री केपी शर्मा ओली दर्घटनाग्रस्त भएको स्थल अवलोकन गर्न पुग्नु भएको छ । ओलीसहित नेपालका लागी बंगलादेशका राजदूत मास्फी विन्ती साम्स पनि विमानस्थल पुग्नु भएको छ ।
प्रधानमन्त्री ओलीले दुर्घटनाको अवस्थाबारे जानकारी लिदै घाइतेसबैलाई तत्कालै उद्धार गरी अस्पताल लैजान निर्देशन दिनु भएको छ । उहाले उद्धारमा कुनै कसुर बाकी नराख्नपनि निर्देशन दिनु भएको छ । दुर्घटनामा परि अहिलेसम्म २३ जनाको मृत्यु भएको र १७ जनालाई जिवितै उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गम्भिर घाइतेमध्ये बसन्त बोहोरा, सोनाम शाक्य, आशिष रन्जित र विनोदराज पौडेलको नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।