आर्थिक विकास मेरो कार्यकालको उपलब्धि : राष्ट्रपति पुटिन



मस्को, २८ फागुन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा आफ्नो कार्यकालको उपलब्धि देशको आर्थिक विकास हो भन्नुभएको छ ।

उहाँले आफ्नो कार्यकालमा रुसको आर्थिक विकास दोब्बर नै भएको दाबी पनि गर्नुभएको बताइएको छ ।

राष्ट्रपति पुटिनले अमेरिकी ब्रोडकास्टर एनबिसीलाई हालै दिनुभएको एक अन्तरवार्तामा सो दाबी गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँले सो अन्तरवार्तामा  हाम्रो ठूलो उपलब्धि भनेको यही हो कि हामीले यस अवधिमा देशको आर्थिक विकासमा ठूलो बृद्धि गरेका छौँ र यसलाई रुसी जनताले पनि प्रत्यक्ष रुपमा अनूभूति गर्न पाएका छन् भन्नुभएको छ ।

उहाँले रुसको अर्थतन्त्रमा अभूतपूर्व रुपमा परिवर्तन भएको र यो गएका केही वर्षयता निकै उपलब्धिमूलक रहेको पनि बताउनुभयो ।

देशमा भएको आर्थिक बृद्धिका कारण रुसमा गरिबीको रेखामुनी रहेको जनसंख्या पनि घटेको दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो– देशमा उल्लखनीय रुपमा आर्थिक विकास जारी छ र यसले गर्दा यहाँको गरिबी पनि आधाले घटेको छ ।

राष्ट्रपति पुटिनले हामीले देशको गरिबीलाई कमगर्न गरिब र धनीबीचको अन्तरलाई पनि कमगर्ने कार्यक्रमहरु सुरु गरिएको पनि सो अन्तरवार्तामा बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्