राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने



काठमाडौँ । विवेकशील साझा पार्टीले आसन्न राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने निणय गरेको छ ।

आज एक विज्ञप्ती जारी गर्दै विवेकशील साझा पार्टीले अहिले दलहरुले अघि सारेका राष्ट्रपतिको उमेदवारहरुलाई हेर्दा जो सुकै विजयी भएपनि दलीय प्रभावबाट मुक्त रही कार्यसम्पादन गर्ने सम्भावना अत्यन्तै न्यून देखिएको भन्दै राष्ट्रपति र उपराष्ट्रपतीको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको जनाएको छ ।

विवेकशील साझाले राष्ट्रपतिका कतिपय निर्णयहरु पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको प्रस्टै देखिने गरेको भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संबैधानिक राष्ट्रपति हुनुपर्ने आफ्नो अडान रहेको उल्लेख गरेको छ ।

संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निश्पक्ष र दलीय आग्रहभन्दा माथि हुनु पर्दछ भन्दै प्रमुख दल वा तीनका गठवन्धनले दलीय आग्रहभन्दा माथि उठेर राष्ट्रपति, उपराष्ट्रपति पदमा राष्ट्रिय व्यक्तित्वलाई अघि सार्नुको सट्टा आफ्नो दल र त्यस भित्र पनि निश्चित गुटको सन्तुलनलाई ध्यान दिई उमेदवार तय गर्ने परिपाटी विकसित भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्