कम्बोडियाली प्रधानमन्त्रीको आग्रह



न्होमपेन्ह, २९ फागुन

कम्बोडियाली प्रधानमन्त्री सामदेच टेचो हुसेनले यहाँको संसदीय निर्वाचनमा आफ्नो दल कम्बोडियन पिपुल्स पार्टी (सिपीपी) लाई मतदान गर्न देशवासीलाई आह्वान गर्नुभएको छ ।

हाल सत्तामा रहेको उहाँको पार्टीको समर्थनगर्दै सो पार्टीलाई मतदान गर्नको लागि उहाँले मङ्गलबार आह्वान गर्नु भएको हो ।

सन् २०१८ को जुलाई २९ मा हुन गइरहेको राष्ट्रिय निवार्चनमा सिपीपीलाई  मतदान गर्न आह्वान गर्नु भएको समाचारमा जनाइएको छ ।

राजधानी न्होमपेन्हको एक राष्ट्रिय राजमार्गको उद्घाटन समारोहमा बोल्दै उहाँले सो आह्वान गर्नु भएको उक्त समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्