यो दुनियाँको हरेक ठाउँ रहस्यमय चिजहरुले भरिपूर्ण छ। भारतको उत्तरी हिमालय प्रदेश उत्तराखण्डको गंगोलीहाट स्थित भुवनेश्वर गाउँमा भुवनेश्वर गुफा छ। यो गुफा पिथौरागढ जिल्लामा छ। यो गुफाले आफ्नो काखमा धेरै राजहरु लुकाएर राखेको छ। यस गुफाको बारेमा धेरै पुराणहरुमा उल्लेख गरिएको छ। यस गुफामा संसारको अन्त्यको रहस्य लुकेको बताएका छन्। यस गुफाको नाम पाताल भुवनेश्वर हो। पुराणमा पाताल भुवनेश्वर गुफालाई भगवान शिवको निवास मानिन्छ।
यहाँ सम्पूर्ण देवी-देवताहरु प्रकट भई शिवजीको आराधना गर्ने विश्वास गरिन्छ। गुफा भित्रको दृश्य धेरै फरक छ। जो यस गुफाभित्र जान्छ उसले बाहिरको दुनियाँ भुलेर गुफाको रहस्यमा हराउन थाल्छ। गुफा भित्र जादाँ तपाईलाई गुफा भित्र एक अर्को संसार रहेको भान हुन्छ।
गुफा भित्र जानको लागि फलामको जन्जिरको सहारा लिनुपर्छ। यस गुफाको सबैभन्दा खास कुरा यो हो कि यहाँ एक शिवलिंग छ जो लगातार बढिरहेको छ। यदि उक्त शिवलिङ्गले गुफाको छतलाई छोएमा दुनियाँ समाप्त हुने मान्यता रहेको छ।
जमिनको लगभग ८-१० फिट तल गुफाको पर्खालमा अचम्म पार्ने आकृति देख्न सकिन्छ। पर्खालमा बनेको हाँसको आकृतिलाई ब्रह्मा जीको हाँस मानिन्छ। गुफा भित्र एक हवन कुण्ड पनि छ, जसमा जनमेजयले नाग यज्ञ गरेको विश्वास गरिन्छ।