सामाजिक संजालमा धमला पत्नी एलिजा गौतमले गरे कडा प्रतिवाद



सामाजिक संजालमा पत्रकार ऋषि धमलाले अंग्रेजीमा नबोलेको प्रसङ्ग र भिडियो भाईरल बनिरहँदा नायिका तथा धमला पत्नी एलिजा गौतमले त्यसको कडा प्रतिवाद गरेकी छिन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै एलिजाले सबैले सामाजिक संजालमा टाईमपास गर्नको लागि राम्रो मेलो पाएको प्रतिक्रिया दिएकी छन् ।स्टाटसमा एलिजाले यस्तो लेखेकी छिन्ः

सोमबार भएको युएस बाङ्ला बिमान दुर्घटनाको बारेमा भारतीय टेलिभिजन डिडि न्युजमा रिर्पोटिङ गर्ने क्रममा ऋषिले हिन्दी बोलेका हुन् । जहाँ टेलिभिजनबाट संचारकर्मीले भने धमलालाई अंग्रेजीमा प्रश्न सोधेका थिए । अंग्रेजी भाषाको सोधेको प्रश्नको जवाफ हिन्दीमा दिएको भन्दै सामाजिक संजालमा धमलाको ट्रोलहरु बन्नुको साथै आलोचना पनि भईरहेको छ । धमला पत्नी एलिजा अहिले चलचित्र ‘अनुराग’मार्फत रजतपटमा डेब्यु गर्दै छिन् । उनको चलचित्रको दुई ओटा गीतहरु सार्वजनिक भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्