भातका कारण तपाईको तौल बढेको छ भने यसरी पकाउनुहोस भात



आजभोली धेरै मानिसहरु आफ्नो फिटनेसलाई लिएर चिन्तित हुन्छन् । कसरत, योगा, जिम जस्ता विभिन्न कामहरुमा आफुलाई व्यस्त राख्ने काम उनीहरु गर्छन् । तौल घटाउनका लागि डाइटिङ र योगाको धेरै सहारा लिन थालेका छन् मानिसहरु जसका कारण उनीहरुको बडी फिट रहोस् ।

त्यस्तै यस्ता कैयौ मानिसहरु रहेका छन् जो डाइटिङको भरमा तौल घटाउन खोजिरहेका छन् । कैयौपटक यस्तो हुन्छ कि खाना नखाइ नखाइ हामी तौल घटाउन खोज्छौ जसले अन्य जोखिम अवस्थालाई निम्त्याउने गर्छ । त्यसमध्येको एक खाना हो भात । भात खाना छोडेर हामी धेरै जंक फुडहरु खाना रुचाउँछौ । जुन हाम्रो शरिरका लागि राम्रो होइन । भात खाना धेरैलाई मनपर्छ तर यसमा छिट्टै नै शरिरमा शुगरको मात्रा बढाउँछ । त्यही कारण पनि भात कम खान मानिसहरु रुचाउने गर्छन् । यदी भातको माड निकाल्देमा यो ठीक तरिका हुनेछ । तर, यति समय कसैसँग पनि हुँदैन । आज हामी तपाईलाई यस्तै उपायको बारेमा जानकारी दिन लागेका छौ । जसका कारण तपाईको शरिरमा तौल बढ्दैन भने शुगरको अवस्थामा पनि परिवर्तन आउँदैन ।

यदी तपाईलाई लाग्छ कि भातका कारण तपाईको तौल बढेको छ भने भात पकाउँदा नरिवलको तेल राख्नुहोस् । यसले तपाईलाई मोटो बनाउँदैन । तपाईको शरिरमा ग्ल्युकोजको मात्रा पनि बढाउँछ ।
भात पकाउँदा नरिवलको तेल हाल्नाले हाम्रो शरिरमा रहेको एन्जाएम जुन पाचनका लागि उत्तरदायी मानिन्छन् तिनीहरुले शुगरलाई तोड्नेमा सक्षम रहदैनन् । यसका कारण हाम्रो शरिरमा शुगरको पहँच पुग्दैन । जुन क्यालोरी शरिरलाई आवश्यक पर्छ त्यो पनि मिल्न सक्दैन ।

यसरी पकाउनुहोस् भात
खाना पकाउनु अघि तताउने पानीमा एक चम्चा नरिवलको तेल हाल्नुहोस् । पानीमा पुर्ण रुपले तेल घोलिएपछि पानीमा चामल हाल्नुहोस् । यसपश्चात भात २०–२५ मिनेटमा तयार हुन्छ । यसलाई १२ घण्टासम्म फ्रिजमा राखेर पनि खान सकिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्