३० फागुन २०७४
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकालाई आतंककारी क्रियाकलाप सैह्य नहुने बताएका छन् । प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधि सभा सांसद, राष्टिकय सभा तथा प्रदेश सभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा आज प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
अप्राकृतिक, असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे राम्रो हुने प्रधानमन्त्री ओलीले चेतावनी समेत दिएका छन् ।
सो कार्यक्रममा बोल्दै उनले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । ‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाका विरुद्ध जागरण अभियान पनि चलाइन्छ’ प्रधानमन्त्री ओलीले भने ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’ प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने कुरा दोहोर्याए । (लाइट नेपालबाट)