युवा संघसँग एकताबारे निर्णय गर्ने अधिकार केन्द्रीय कार्यालयलाई दिँदै वाइसीएलको बैठक सम्पन्न



काठमाडौं, ३० फागुन २०७४

नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।

संगठनको कार्यालय पेरिसडाँडामा भएको बैठकले युवा संघ नेपालसँगको सांगठानिक एकताबारे आवश्यक निर्णय गर्ने अधिकार संगठनको केन्द्रीय कार्यालयलार्इ दिएको छ ।

बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने भएपछि दुवै पार्टीका युवा संगठनहरुबीच एकताको आधार तयार गर्न आन्तरिक छलफल हुने वाइसीएल, नेपालका अध्यक्ष दीपशिखाले जानकारी दिए ।

एमाले र माओवादी केन्द्रले बैशाख पहिलो साता पार्टी एकता गर्ने बताएका छन् ।

बैठकमा प्रदेश, जिल्ला र तल्ला तहसम्मको संगठनको अवस्था, समस्या, सम्भावना र चुनौतिका विषयमा प्रत्येक प्रदेशबाट प्रदेश प्रमुखहरुले आ-आफ्नो प्रदेशको रिपोर्टिङ गरेका थियो ।

उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेता नारायणकाजी श्रेष् , नेता मणि थापा लगायतको उपस्तिथी रहेको थियो ।

बैठकले आगामी कार्ययोजना पनि तय गरेको वार्यसीएलका प्रचार बिभाग प्रमुख पुष्प ओलीले जानकारी दिए । उनका अनुसार आजको बैठकले केन्द्रीय समितिको कार्यविभाजन तथा पदपुर्ति समेत गर्नेछ ।

आजको बैठकले आन्तरिक धारणा निर्माण गरेपछि युवा संघ नेपालसँगको एकताबारे छलफल थालिने वाइसीएल केन्द्रीय कार्यालयले जनाएको छ ।- रातो पाटी

प्रतिक्रिया दिनुहोस्