काठमाडौँ । हलिवुडमा फेशन र म्युजिकको दुनियाँमा चर्चित जोडी जयान मालिक र चर्चित मोडल गिगी हडिडले ब्रेकअपको घोषणा गरेका छन् ।
दुई बर्षदेखि सम्बन्धमा रहेको चर्चित जोडीले आफैले ब्रेकअपको घोषणा गरेर संसारभरीरहेका आफ्ना फ्यानहरुलाई दुखि बनाएका छन् ।
युवा गायक जयानले एक विज्ञप्ती मार्फत ब्रेकअपको खबर सार्वजनिक गरेका थिए । उनले दुई बर्षे आफ्नो सम्बन्धमा गिगीएक अर्थपूर्ण र प्रेमपूर्ण सम्बन्ध विताएको उल्लेख गर्दै आफ्नो व्यक्तिगत कुरालाई सम्मान गर्न फ्यानहरुलाई आग्रह गरेका छन् ।
त्यस्तै गिगी हडिडले पनि दुई जनाको सँगै हुदाको अवस्थाले जीवनमा कस्तो प्रभाव पार्छ भन्ने आफुले जयानसँगको सम्बन्धबाट सिकेको उल्लेख गर्दै उनले एउटा असल साथीको रुपमा उनलाई सधै सहयोग गर्ने बताएकी छन् ।
२५ बर्षिय युवा जयान ब्रिटिश गायक हुन् । २०१० मा चर्चित टेलिभिजन शो एक्स फ्याक्टरबाट उदाएका जयानले अहिलेसम्म दुई वटा स्टुडियो एल्बम निकाले छन् भने फेशन, टिभी र फिल्मसँग जोडिएका अहिलेका चर्चीत कालक्र हुन् ।
गिगीसँग २१०५ मा सम्बन्धमा आउनु अघि जयानले गायिका पिर्रे एडवर्ड्ससँग २०१२ मा डेट गरेका थिए । २०१३ मा दुवैले इन्गेजमेन्ट पनि गरे तर अगस्त २०१५ मा उनीहरुले आफ्नो इन्गेजमेन्ट तोडे र अलग भएका थिए ।
त्यस्तै गिगी हडिड चर्चित अमेरिकी मोडल हुन् । २२ बर्षिय मोडल गिगीले २०१३ देखि व्यावसायिक मोडलिङ क्यारियर सुरु गरेकी थिइन् । २०१५-१६ मा भोग म्यागजिनको कभरमा मोडल अफ द इयरको रुपमा आएपछि गिगी विश्वभर चर्चित बनेकी थिइन् ।
उनले विभिन्न टेलिभिजन शो र म्युजिक भिडियोमा अभिनय पनि गरेकी छन् । उनले ब्रिटिश फेशन अवार्ड दुइ पटक जितिसकेकी छन् भने अमेरिकामा मोडल अफ द इयर बनिसकेकी छन् ।