दहि स्वास्थ्यका लागि निकै उपयोगी कुरा हो । दुधलाई मानिसको स्वास्थ्यमा फाइदा पुर्याउँने किसिमका ब्याक्टेरियाहरुले दहिमा परिवर्तन गर्ने गर्दछन् । दहि स्वादका लागि मात्रै नभए स्वास्थ्यका लागि पनि उत्तम हुन्छ । खास गरि पेटको समस्याका लागि दहि सेवन गर्नु एकदमै फाइदाकारी हुन्छ । अपच तथा अन्य पेट सम्बन्धी रोगहरु दहिका कारणले ठिक हुने गर्छन् ।
यस्तो उपयोगी दहिका बारेमा तपाईलाई के कुराहरु थाहा छ ? यदि थाहा छैन भने पनि यो लेखमा हामी छोटकरीमा यसका फाइदाका बारेमा लेखेका छौँ ।
१. दही आफैँ सजिलै त पच्छ नै साथै अन्य खानेकुरालाई पनि दहीले सजिलै पचाउन मद्दत गर्छ ।
२. पेटसम्बन्धी समस्या भएकाहरूका लागि दही अत्यन्त उपयोगी मानिन्छ । दही खाँदा पेटको समस्या कम त हुन्छ नै साथै शरीरलाई बल पनि प्राप्त हुन्छ ।
३. दूधबाट दही बनेपछि दूधमा रहेको सुगरको स्वरूप बदलिन्छ । जसले दहीलाई सुपाच्य बनाउँछ । त्यही भएर दूध खाँदा नपच्नेहरूले पनि दही खान सक्छन् ।
४. भोक कम लाग्ने समस्या भएकाहरूले पनि नियमित दही खाने गरेमा समस्या कम हुँदै जान्छ ।