५० बिघा गुमाएपछि
हात हातले राष्ट्रिय झण्डा बोके
ओली कमरेडले भारतलाई व्यंग्य ठोके ।
नेताहरु सबका सब अघि सरे
प्रचण्ड कमरेडले त हतियार बोक्ने सम्म घोषणा गरे ।
क्रान्तिकारी र अखिलले देशै भरि टायर बाले
गोविन्द केसीले दुतावासको आँगनमै अनसन थाले ।
गगन थापाले घोक्रो फुलाएर गीत गाए
सिमानामा पहिलो शहीद हुने कसम खाए ।
रविन्द्र मिश्रको नेतृत्वमा विवेकशीलहरुले बालुवाटार घेराउ गरे
चित्रे बा सिंहदरवार गेटमै लम्पसार परे ।
‘सीमा रक्षक’ उपेन्द्र/राजेन्द्रहरुले मानव साङ्लो प्रदर्शन गरे
विस्तारवाद बिरुद्ध मधेसभरी पर्चा छरे ।
जमिन गुमेको आक्रोशमा देशै जुरुक्क उठ्यो
अलाम बज्यो म पनि जुरुक्कै उठेँ ।
आँखा मिच्दै टुइटर खोलेँ समाचार हेरेँ
बिरोध गर्ने त उही ‘विदेशी’ रवि लामिछाने मात्रै रैछ ।