अपडेट : पपुवा न्युगिनीद्वारा नेपाललाई ११५ रनको बिजयी लक्ष्य



काठमाडौँ । आइसीसी विश्वकप छनौट अन्तर्गतको प्लेअफ खेलमा सन्दीप लामिछाने तथा दिपेन्द्र सिंह ऐरीको धातक बलिङ सामु पपुवा न्युगिनी निरिह बनेको छ ।

सन्दीप र दिपेन्द्रले कसिलो बलिङ गर्दै ४–४ विकेट लिए पछि पपुवा न्युगिनी मात्र २७.२ ओभरमा आल आउट हुनुपुग्यो । पपुवा न्युगिनीले नेपाल सामु १ सय १५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पपुवा न्युगिनीका ६ जना ब्याटसम्यानले दोहोरो अंकमा रन बटुले पनि कसैले २० रन पूरा गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्