तिलोत्तमा गोल्डकप : आज मनाङ र रुस्लान थ्री स्टारबीच प्रतिस्पर्धा हुँदै



१ चैत्र २०७४

बुटवलमा जारी २० औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज लक्ष्मी हुण्डाई मनाङ र्मस्याङ्दीे र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

सेमिफाइनल भिडन्त बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा दिउँसो ३ बजेपछि सुरु हुनेछ । आजको विजेताले उपाधिका लागि पर्सि शनिबार नेपाल प्रहरीसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि हिजो भएको पहिलो सेमिफाईनलमा आयोजक लाली रुपन्देही ११ लाई हराउँदै विभागीय नेपाल पुलिस प्रतियोगीताको उपाधि नजिक पुगेको थियो । प्रतियोगिताको उपाधि विजेताले नगद ७ लाख ७७ हजार ७ सय ७७ हजार नगदसहित गोल्डकप पाउनेछन् । उपविजेताले नगद ४ लाख ४४ हजार ४ सय ४४ रुपैयाँमा चित्त बुझाउने छ ।

प्रतिक्रिया दिनुहोस्