एथलेटिको म्याड्रिड युरोपा लिगको क्वार्टरफाइनलमा



काठमाडौँ । स्पेनीस क्लब एथलेटिको म्याड्रिड युरोपा लिगको क्वार्टरफाइनलमा पुगेको छ ।

रसियन क्लब लोकोमोटिव मस्कोलाई समग्रमा ८–१ गोल अन्तरले हराउँदै एथलेटिको अन्तिम आठमा प्रवेश गरेको हो ।

मस्कोको घरेलु मैदानमा भएको खेलमा एथलेटिकोको जितमा फर्नान्डो टोरेसले दुई गोल गरेका थिए । पहिलो लिगमा ३–० ले जितेको एथलेटिकोले दोस्रो लिग ५-१ गोल अन्तरले जितेको हो ।

खेलको १६औं मिनेटमा नै एञ्जल मार्टिनको गोलमा एथलेटिकोले सुरुवाती अग्रता लिएको थियो । तर खेलको २०औं मिनेटमा मस्कोले गोल गर्दै खेल बराबरीमा पुर्यायो ।
पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा एथलेटिकोले ४ गोल थपेको थियो ।

खेलको ४७औं मिनेटमा सिउलले गोल गर्दै एथलेटिकोलाई २-१ को दिलाएका थिए । त्यसपछि खेलको ६५औं र ७०औं मिनेटमा टोरेसले गोलमा एथलेटिकोले ४-१ को अग्रता लियो । टोरेसले एक गोल पेनाल्टीमार्फत गरेका थिए । खेलको ८५औं मिनेटमा एन्टोनी ग्रिजमनले गोल गर्दै एथलेटिकोलाई ५–१ को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्