आईसीसीले विराटको फोटो हटाएर ट्वीटरमा राख्यो नेपाली खेलाडीको फोटो



काठमाडौं, २ चैत

नेपालले पपुवा न्यूगिनीलाई हराएर र नेदरल्याड्सले हङकङलाई हराएपछि नेपालले पहिलो पटक एक दिवसीय मान्यता प्राप्त गरेको छ । नेपाली क्रिकेट इतिहासमै यो एउटा सुनौलो अक्षरले लेखिएको छ ।

नेपाली क्रिकेट विभिन्न आरोह अवरोहका बीच पनि यहाँसम्म आइपुग्नु पक्कै पनि सुखद कुरा हो । नेपालको यो सफलतालाई आयरल्याण्डका क्रिकेटरदेखि आईसीसीसम्मले बधाई दिएका छन् । आईसीसीले नेपालले कसरी एक दिवसीय मान्यता हात पार्न सफल भयो भन्ने कथा मात्रै लेखेको छैन, नेपालको सफलतामा उसले आफ्नो अफिसियल ट्वीटर र फेसबुक पेजको कभर फोटो नै चेन्ज गरेको छ ।

यसअघि भारतीय कप्तान विराट कोहलीको तस्बिर राखिएको कभरपेजमा आज नेपाली क्रिकेट खेलाडीको फोटो राखिएको छ । नेपालको यो सफलतालाई आईसीसी, सन्दीप लामिछाने अनुबन्धित आईपीएल टोली दिल्ली डेयरडेभिल्सम्मले बधाई दिएका छन् ।

नेपालको यो ऐतिहासिक सफलतामा सारा नेपाली खेलप्रेमी त खुशी छन् नै नेपाली क्रिकेटलाई माया गर्ने विश्वका अन्य क्रिकेटर तथा संघ संस्थाले पनि बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्