ओडिआई पाउने राष्ट्रहरूको को हुन् , जान्नुहोस् कसले कहिले पाए?



काठमाडौं, २ चैत

आगामी ४ वर्षसम्म नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको अस्थायी एकदिवसीय राष्ट्रको मान्यता पाउने भएको छ।

आईसीसी विश्वकप छनोटको प्ले-अफमा बिहिबार पपुवा न्यूगिनीलाई पराजित गरेको नेपालले अर्को खेलमा नेदरल्याण्डले हङकङलाई हराएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाउने निश्चित भयो।

नेपाल अब आइसीसीको वरियतामा समावेश हुनेछ। आइसीसीको फूल मेम्बर १२ र अरू ४ टिम गरी १६ टिमले ओडिआई स्ट्याटस पाएका छन्। त्यसमध्ये आजैको खेलबाट हङकङ र पपुवा न्यूगिनीले ओडिआई मान्यता गुमाएका छन्। अब उक्त दुई स्थानमा नेपाल र नेदरल्यान्ड्स रहनेछन्।

अहिले टेष्ट मान्यता पाएका १२, वर्ल्ड क्रिकेट लिग च्याम्पियनको हैसियतमा रहेको नेदरल्याण्ड्स तथा वर्ल्डकप क्वालिफायरको सुपर सिक्समा पुगेका स्कटल्याण्ड र युएईले ओडिआई स्ट्याटस पाएका छन्।

यी हुनेछन् ओडिआइ पाउने राष्ट्रहरू र पाएका मिति

अष्ट्रेलिया ( जनवरी ५- १९७१)
इङ्ल्याण्ड (जनवरी ५- १९७१)
न्यूजिल्याण्ड (फेबुअरी ११ १९७३)
पाकिस्तान (फेब्रुअरी ११ १९७३)
वेष्ट इन्डिज (सेप्टेम्बर ५- १९७३)
भारत (जुलाई १३-१९७४)
श्रीलंका (फेब्रुअरी १३ १९८२)
दक्षिण अफ्रिका ( नोभेम्बर १० १९९१)
जिम्बाम्बे (फेब्रुअरी १-१९९३)
बंगलादेश(अक्टोबर १० १९९७)
अफगानिस्तान(डिसेम्बर ५ २०१७)
आयरल्याण्ड(डिसेम्बर ५ २०१७)
स्कटल्याण्ड (जुन २७-२००६ देखि, २०२२ सम्म)
युएई (फेब्रुअरी १ २०१४ देखि सन् २०२२ सम्म)
नेपाल (मार्च १५- २०१८ देखि २०२२ सम्म)
नेदरल्याण्ड (जुलाई ४-२००६ देखि २८ जनवरी २०१४, २०२२ सम्म)

प्रतिक्रिया दिनुहोस्