योगेश भट्टराई सञ्चार, ज्ञवाली प्रबक्ता, नेम्वाङ कानुन मन्त्री



काठमाडौं, २ चैत

आजै सरकार विस्तार गरी नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउने तयारीमा रहेका प्रधानमन्त्री ओलीले एमालेबाट कस–कसलाई मन्त्री बनाउँदैछन् भन्ने आम चासोको विषय बनेको छ । यसै सन्दर्भमा दृष्टिन्यूजलाई प्राप्त समाचारमा पार्टी प्रवक्ता समेत रहेका योगेश भट्टराईलाई सूचना सञ्चार तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । तर, उनी सरकारका प्रवक्ता भने हुनेछैनन् ।

त्यस्तै एमालेभित्र हरेक कोणबाट आशा गरिएका प्रदिप ज्ञवालीलाई प्रधानमन्त्री कार्यालयको शक्तिशाली मन्त्री तथा सरकारका प्रबक्ताको रुपमा सरकारमा सहभागी गराउने तयारी भइरहेको छ ।

त्यस्तै संविधानसभाका सभामुख सुवास नेम्वाङलाई दोस्रो बरियतासहित कानुन मन्त्रालयको जिम्मेवारीमा सरकारमा सहभागी गराउन लगभग निश्चित भएको स्रोतले जनाएको छ । अन्यको भने अझै टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्