केराको बोक्राको अचुक फाइदा…(भिडियो सहित)



के तपाईँलाई थाहा छ, केराको बोक्रामा म्याग्नेसियम, पोटासियम र कार्बोहाइड्रेटजस्ता न्युट्रियन्ट्स हुन्छन् ? यति मात्रै होइन, यसले सुन्दरतालाई निखार्नका लागि प्रयोग गर्न सकिन्छ । केराको बोक्रामा रहेको इन्जाइमले धेरै वस्तुको सफाइका लागि प्रयोग गर्न सकिन्छ । जान्नुहोस्, केराको बोक्राको ९ फरक प्रयोग बारे ।

१. डार्क सर्कल हटाउन – आँखाको तल्लो छेउ भागमा केराको बोक्रालाई घोटेर दल्ने गरेमा ‘डार्क सर्कल’ हट्छ ।

२. पहेंलोपन हटाउन – केराको बोक्राले पहेले भएको दाँतमा घोट्नु होस्, दाँतको पहेंलोपन हटेर जान्छ । दिनहुँ जसो यसो गर्नाले दाँतमा चमक आउँछ ।

३. जुत्ता चम्काउन – केराको बोक्रालाई जुत्तामा रगड्नाले टलकिन्छ .

४. डन्डिफोर हटाउन – केराको बोक्रालाई डन्डिफोर निस्किएको ठाउँमा दल्ने गरेमा डन्डिफोर हट्छ ।

५. बिरुवा बढ्छ – केराको बोक्रालाई मलको रुपमा बिरुवामा हालेमा चाँडै बिरुवा बढ्छ ।

६. स्क्र्याच हट्छ – सिडि वा डिभिडि स्क्र्याच भएमा केराको छालाले सफा गर्नुहोस् ।

७. सजिलै सफा गर्न – चाँदीका गरगहना वा सामाग्रीलाई सफा गर्नका लागि केराको बोक्राले रगड्नुहोस्, सजिलै सफा र चम्किलो बनाउँछ ।

८. छिटो पाक्छ मासु – मासुलाई पकाउँदा त्यसमा थोरै समयका लागि केराको बोक्रा पनि राख्नुहोस्, केहिबेरपछि निकाल्नुहोस् । मासुलाई चाँडै पकाउन मद्दत गर्छ ।

९. कुर्कुचा फुटेको – केराको बोक्रालाई फुटेको कुर्कुचामा घोट्नुहोस् र पाँच मिनेटपछि धुनुहोस् । यसो गर्नाले फुटेको कुकुर्चालाई ठिक गर्छ

प्रतिक्रिया दिनुहोस्