भाग पुर्याउन फेरि फुटाइए मन्त्रालय



काठमाडौं – संघीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउन सरकारले मन्त्रालयको संख्या १८ बाट बढाएर २१ पु¥याएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको संख्या २१ बनाउने निर्णय गरेको थियो।

सरकारले खानेपानी तथा सहरी विकास मन्त्रालयलाई फुटाएर खानेपानी र सहरी विकास मन्त्रालय गरी दुईवटा बनाएको छ भने श्रम, रोजगार तथा महिला बालबालिका मन्त्रालयलाई फुटाएर श्रम मन्त्रालय र रोजगार मन्त्रालय मन्त्रालय बनाएको छ । यसैगरी शिक्षा, युवा तथा खेलकुद मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद बनाइएको छ।

समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पार्टीलाई भागबण्डा पु¥याउन मन्त्रालय संख्या बढाइएको बताए । ‘पार्टीलाई भागबण्डा पु¥याउन मन्त्रालय संख्या बढाइएको हो,’ पण्डितले भने । उनले संघीय समाजवादी फोरम पनि सरकारमा सामेल हुने भएछि मन्त्रालय फुटाइएको बताए।

संविधानमा मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुने व्यवस्था छ । प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको संख्या ३१ बाट घटाएर १८ कायम गरेका भए पनि भागबण्डा पु¥याउन एक महिना नपुग्दै फेरि मन्त्रालय फुटाएर संख्या बढाएका हुन्।

प्रतिक्रिया दिनुहोस्