नयाँ मन्त्रीको पदभार ग्रहण (फोटोफिचर)



काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार २२ सदस्यीय बनेको छ। शुक्रबार ११ मन्त्री र चार मन्त्री थपिएपछि ओली मन्त्रिपरिषद् २२ सदस्यीय बनेका हो। नयाँ मन्त्रीले शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिए लगत्तै पदभार ग्रहण गरेका छन्।

शुक्रबार एमलेको तर्फबाट ६ जना मन्त्री बनेका छन्। प्रदीप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, रवीन्द्र अधिकारी पर्यटन, शेरबहादुर तामाङ कानुन, जगतबहादुर सुनार (विश्वकर्मा) युवा तथा खेलकुद, रघुवीर महासेठ भौतिक तथा पूर्वाधार मन्त्रीको रुपमा पदभार ग्रहण गरेका छन् ।

शुक्रबार माओवादीको तर्फबाट पाँच मन्त्री थपिएका छन्। वर्षमान पुन ऊर्जा, गिरिराजमणि पोखरेल शिक्षा, चक्रपाणि खनाल ‘बलदेव’ कृषि सहकारी, शक्ति बस्नेत वन, बिना मगर खानेपानी मन्त्रीको रुपमा पदभार ग्रहण गरेका छन् ।

सरकारमा शुक्रबार नै सहभागी भएका चार राज्यमन्त्रीले समेत पदभार ग्रहण गरेका छन् । एमालेको तर्फबाट पद्‍मा अर्याल स्वास्थ्य तथा जनसंख्या, गोकुलप्रसाद बाँस्कोटा सञ्चार तथा सूचना प्रविधि, धनबहादुर बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री बनेका छन् भने माओवादीको तर्फबाट रामकुमारी चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्रीको रुपमा पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्