फोरम किन गएन सरकारमा ?



मन्त्री टुंग्याउन बाँकी रहेकाले संघीय समाजवादी फोरम सरकारमा सहभागी भएन । अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेता इस्तियाक राई र रेणु यादवमध्येबाट मन्त्री बनाउने तयारी भए पनि विवादका कारण फोरमले निर्णय गर्न सकेको छैन ।

अध्यक्ष यादव पोर्टफोलियो, समावेशितालगायत पक्षलाई ध्यान दिँदै सहअध्यक्ष श्रेष्ठलाई मन्त्री बनाउने पक्षमा छन् । तर, महासचिव रामसहाय यादवको समूहले सबै मन्त्री मधेसी समुदायकै हुनुपर्ने भन्दै विवाद गरेपछि अध्यक्ष यादव द्विविधामा परेका छन् ।

प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले फोरमलाई २ मन्त्री र १ राज्यमन्त्री दिने समझदारी गरिसकेका छन् । फोरमले पाउने सम्भावित मन्त्रालय सहरी विकास र स्वास्थ्य अहिले प्रधानमन्त्री ओलीले नै सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्