हातखुट्टा सुन्निदा अपनाउनुस निम्न घरेलु उपाय



– अहिलेको मौसममा धेरै जसोको हातखुट्टा सुन्निन्छ ।

– हातखुट्टाको औंला रातो हुने, सुन्निने, चिलाउने, घाउ हुने समस्याका अतिरिक्त त्यसले पीडासमेत दिन्छ ।

– पानीमा धेरै काम गर्नेहरूलाई यस्तो समस्या हुन्छ । हातखुट्टा खुल्लै राख्दा पनि यो समस्या उत्पन्न हुन सक्छ ।

– यस्तो समस्या हुनेहरूले भाँडा माझ्दा वा लुगा धुँदा रबरको पन्जा प्रयोग गर्नुपर्छ ।

– यस्ता समस्या भएकाहरूले हिटरमा हातखुट्टा सेक्नु हुँदैन ।

– मनतातो पानीमा हातखुट्टा डुबाउने र पुछेर भ्यासलिन दली हातखुट्टामा पन्जा तथा मोजा लगाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्