सन्दीप र ललितले लिए २/२ विकेट, नेदरल्याण्ड्सको ७ विकेट गयाे



३ चैत २०७४ काठमाडौं

आइसीसी विश्वकप छनोट अन्र्तगत सातौं स्थानका लागि भएको खेलमा नेपालले राम्रो प्रदर्शन गरेको छ ।

टस हारेर फिल्डिङ गरेको नेपालका लागि सोमपाल कामी एक्लै ३ विकेट लिए । ७ ओभर बलिङ गरेका सोमपालले २ मेडन ओभर फाल्दै १३ रनमात्र दिए ।

नेपालका सन्दीप लामिछानेले नेदरल्याण्डको महत्वपूर्ण विकेट लिए । नेदरल्याण्डका मेक्सो डाउटलाई उनले २८ रनमा आउट गरेका हुन् ।पाँचौ विकेटको रुपमा नेपालका ललित राजवंशीले रोयलफ मिरवीलाई २५ रनमा र छैटौं विकेटको रुपमा स्कर्ट एडवासलाई पनि २५ रनमा नै आउट गरेका हुन् ।

साताैं विकेटकाे रुपमा नेपालका सन्दीप लामिछाने टिम गुप्टेनलार्इ १रनमा अाउट गराए ।

प्रतिक्रिया दिनुहोस्