अब ५ मिनेटमै यसरी बनाउनुहोस् चम्किलो दाँत



एजेन्सी । आफ्नो दैनिक खानामा स्याउ, नासपति तथा गाँजरलाई सामेल गर्नुहोस् । खानामा यी कुराहरुको प्रयोग गरेमा मुखमा आवश्यक मात्रामा सलिभा अर्थात (याल निस्कन्छ । जसबाट दाँत सफा रहन्छ र दाँतको चमक पनि प्राकृतिक रुपमा नै आउँछ ।

त्यो भन्दा पनि महत्वपूर्ण अर्को कुरा के भने चुरोट, सूर्ति तथा गुट्वाको सेवन गर्न तत्काल बन्द गर्नुहोस् । पछिल्लो समयमा मानिसहरुमा दाँत पहेलो हुनुको प्रमुख कारण नै यहि हो ।

दाँत चम्किलो बनाउन यी उपायहरु :

१) दैनिक रुपमा बदाम या ओखरको सेवन गर्नुहोस्, यसले दाँतमा जमेको फोहोरलाई सफा गर्दछ । र पहेलोपना हटाउन मद्यत गर्छ ।

२) एउटा स्याउको टुक्रा लिएर दाँतमा दल्नुहोस् । यसले दाँतको चमक बढाउँछ । किनकी स्याउमा मेलिक एसिड (Malic acid) हुन्छ । यसले दाँतको पहेलापनालाई हटाउन मद्यत गर्छ ।

३) नियमित दाँतको जाँच गर्नु पनि उत्तिकै आवश्यक छ । यसो गरेमा समयमा नै दाँतको रोग सम्बन्धी थाहा हुन्छ । र समयमै उपचार गर्न सकिन्छ । जसबाट दाँतको चमक हराउन पाउँदैन ।

४) चिया तथा कफिको सेवन कम गर्नुहोस् । किनकी यसमा क्याफेन (Caffeine) रहेको हुन्छ । जसले दाँतलाई पहेलो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्