राष्ट्रिय सभाको उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । वामगठबन्धको तर्फबाट माओवादी केन्द्रकी शसिकला दाहालको उम्मेदवारी परेको छ । उनको प्रस्तावक दिनानाथ शर्मा र समर्थकमा दिलकुमारी रावल थापा रहेका छन् ।
त्यस्तै, राष्ट्रियसभाको उपाध्यक्षमा कांग्रेसबाट वृन्दादेवी आले राना को उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा बद्री पाण्डी, समर्थकमा सरिता प्रसाईँ रहेका छन् ।
यसअघि नै राष्ट्रिय सभाको अध्यक्षमा वाम गठबन्धनका तर्फबाट एमालेका गणेशप्रसाद तिमल्सिना निर्विरोध निर्वाचित भइसकेका छन् ।