४ चैत २०७४ काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहाभागि गराउने तयारी गरेका छन् । यसअघि नै मन्त्रीपरिषद विस्तार हुँदा दुवै दललाई सहभागि गराउने भनिए पनि सरकारसँग सहमति हुन सकेको थिएन ।
उता राजपाले भने पछिल्लो समय प्रतिनिधीसभा सदस्यमा विजयी भएका रेशम चौधरीको मुद्दा फिर्ता लिए मात्रै सरकारमा सहभागि हुने बताएको छ । तर प्रधानमन्त्री ओलीले अझै मन्त्रीपरिषद विस्तारका लागि भन्दै दुईवटा मन्त्रालय बाँकी राखेका छन् । जुन फोमरका लागि भनिएको छ ।
राजपालाई पनि सरकारमा सहभागि गराउन सके अरु मन्त्रालय पनि थप्ने तयारीमा ओली रहेका छन् ।