वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार नन्दबहादुर पुन पासाङ उपराष्ट्रपतिमा निर्विरोध निर्वातिच भएका छन् । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ बमोजिम उपराष्ट्रपतिमा उनी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दासम्म उनको मात्र उम्मेदवारी कायम भएकाले उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएका हुन् । पासाङलाई आजै निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको पनि आयोगले जनाएको छ ।