ओलीले मन्त्रीलाई भने,‘त्रुटि भेटिए ऐया, आत्थु भन्न पाइदैन’ सचिवलाई सोधे–बागमती सफा गरेको कति भो ?



प्रधानमन्त्री केपी ओलीले बागमती सफाइका बारेमा प्रश्न उठाएका छन् । मन्त्री, मुख्यसचिव तथा विभिन्न मन्त्रालयका सचिवहरुसँगको छलफलमा उनले प्रश्न गर्दै भने,‘बागमती सफाइ अभियान चलाएको कति हप्ता भयो ? यो किन सफा भइरहेको छैन ?’

सरकारले व्यबहार मै भ्रष्टाचारलाई शुन्य सहनशिलताको नीति अपनाउने बताए । ‘हिजोका सरकारले पनि शुन्य सहनशिलता भन्थे तर कार्यन्वयन भएको देखिएन’ उनले भने,‘अबको सरकारले भ्रष्टाचार निर्मूल गर्छ । यसप्रति असहिष्णु हुन्छ ।’

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई मर्यादामा रहन निर्देशन दिँदै भने,‘मन्त्री नियुक्त हुने वित्तिकै परिवारका सदस्यहरु चलमलाउने कुरा धेरै सुनिन्छन् । त्यस्ता व्यवहार बन्द गर्नुहोस् । तपाईंका काम माथी पनि अनुगमन हुन्छ भने मैले पनि अनुगमन गरिरहेको हुन्छु । केहीं तलमाथी भेटिए ऐया आत्थु भन्ने मौका पाउनुहुने छैन ।’ (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्