गिरोनाविरुद्धको खेलमा ४ गोल गर्दै रोनाल्डोले आफ्नो करिअरको ५०औ ह्याट्रिक पुरा गरे



काठमाडौं । रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरको ५०औ ह्याट्रिक पुरा गरेका छन् ।

गएराती गिरोनाविरुद्धको खेलमा रोनाल्डोले ४ गोल गर्दै आफ्नो ५०औ ह्याट्रिक पुरा गरेका हुन् ।

रोनाल्डोले योसँगै ला लिगामा ३४औ ह्याट्रिक गर्दै ला लिगाको इतिहासमा धेरै ह्याट्रिक गर्ने खेलाडी रहेका छन् । रोनाल्डो पछि लियोनेल मेसीले २८ ह्याट्रिक गरेका छन् ।

रोनाल्डोले ला लिगामा ३४, च्याम्पियन्स लिगमा ७, विश्वकप छनौटमा आफ्नो देश पोर्चुगलका लागि ४, कोपा डेल रे मा २, त्यस्तै प्रिमियर लिग, क्लब विश्वकप र युरोपियन च्याम्पियनसिप छनौटमा एक-एक ह्याट्रिक गरेका छन् ।

यसरी क्लबको हिसाबले रियल म्याड्रिडका लागि रोनाल्डोले ४४ ह्याट्रिक गरेका छन् भने पोर्चुगलका लागि ५ र म्यानचेस्टर युनाइटेडका लागि एक ह्याट्रिक गरेका छन् ।

त्यस्तै रोनाल्डोले आफ्नो क्यारियरमा ९ पटक ४ गोल गरेका छन् । जसमा दुइ पटक ५-५ गोल पनि समावेश रहेको छ ।

यसरी रोनाल्डोले रियल म्याड्रिडका लागि यस सिजनमा कुल ३४ गोल गरेका छन् भने भने ला लिगामा २२ गोल गरेका छन् ।

हाल रियल म्याड्रिड ला लिगामा तेस्रो स्थानमा रहेको छ भने शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १५ अंकले पछाडी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्