राँची: चारा घोटालामा जोडिएको अर्को मुद्दामा पनि बिहारका पूर्वमूख्यमन्त्री लालुप्रसाद यादव दोषी डहर भएका छन् । सोमवार सीबीआईको विशेष अदालतले लालुलाई दोषी ठहर गरेको हो ।
तर यस मामिलामा अदालतले पूर्व मूख्यमन्त्री जगन्नाथ मिश्रलाई भने निर्दोष ठहर गरेको छ । यो प्रकरणमा लालुसमेत ३१ जनामाथि आरोप थियो । चारा घोटालाका ६ मुद्दामा अहिलेसम्म चारवटा फैसला आएका छन् । यी चारै मुद्दामा लालु दोषी ठहर भएका छ्न । लालु अहिले बिरसा मुन्डा जेलमा सजाय काटिरहेका छन् । भनि आजको अन्नपुर्ण पोस्टमा खबर छ ।
यो फैसलापछी राष्ट्रिय जनता दलका नेता रघुवंश प्रसाद सिंहले नरेन्द्र मोदी र नीतिश कुमारको मिलेमतोमा लालुलाई फसाइएको बताएका छन् । उनले जगन्नाथ मिश्रलाई रिहा गरेर लालुलाई जेल सजाय तोकिनुले त्यसैको संकेत गरेको बताएका छन् । उनले भने, ‘एउटै केसमा एउटालाई जेल, अर्कोलाई रिहा, यो कस्तो न्याय ?’