काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले एकदिवसीय मान्यता पाएको क्षणलाई टी २० विश्पकपमा छनोट हुँदाको खुसीसँग तुलना गरेका छन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दौ खड्काले भने ‘धेरै वर्षदेखिको सपना थियो, जुन पुरा भएको छ । यो भन्दाखुसीको क्षण केही छैन ।’
तर, नेपाली टोलीका एउटा सपना पुरा भएसँगै अर्को सपना देख्न थालेको छ, त्यो हो ५० ओभरको विश्वकप छ । ‘८ देखि १२ वर्ष टेष्ट नेशन बन्ने सपना पनि छ’ केही आशावादी देखिएका कप्तान पारस भन्छन्, ‘शायद अब सुरुवात हुन सक्छ ।