चीनसँगको सम्बन्धलाई अझ गहन बनाइने



काठमाडौँ, ६ चैत

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनको स्टेट काउन्सिलर तथा विदेशमन्त्रीमा नियुक्त भएकामा वाङ यीलाई बधाई दिँदै उहाँको सफल कार्यकालको कामना गर्नुभएको छ ।

उहाँले आफ्नो सन्देशमा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध रहिरहेकामा सन्तोष व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ गहन बनाउन उहाँसँग मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्