काठमाडौं , ७ चैत
भारतमा हुने एसियाली कुराँस महासंघको विशेष साधारण सभामा भाग लिन नेपाल कुराँस संघको ३ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।
भारत प्रस्थान गर्नेमा कुराँस संघ तदर्थ समितिका संयोजक ध्रुबराज न्यौपाने, सदस्य प्रतिक्षा खरेल र काठमाडौं जिल्ला कुराँस संघका अध्यक्ष जय गुरुङ रहेका छन् ।
भारतको पुनेमा शुक्रबार हुने साधारण सभामा भाग लिन कुराँस संघ तदर्थ समितिका संयोजक ध्रुबराज न्यौपाने, सदस्य प्रतिक्षा खरेल र काठमाडौं जिल्ला कुराँस संघका अध्यक्ष जय गुरुङ त्यसतर्फ गएका हुन् । एसियाली कुराँसको निमन्त्रणामा नेपाली टोली त्यसतर्फ जान लागेको सदस्य खरेलले जानकारी दिइन् ।
विशेष साधारण सभापछि महासंघका अध्यक्ष र महासचिवसँग नेपाली टोलीको भेट हुने कार्यक्रम तय भएको बताइएको छ । संघका पूर्वअध्यक्ष दानबहादुर घिसिङमाथि छानबिन चलिरहेकोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) गत महिना संघ पूर्नगठन गरेको थियो । राखेपले तदर्थसमितिलाई तीन महिना भित्र निर्वाचन गर्न निर्देशन दिएको छ ।