राष्ट्रपति भ्लादिमिर पुटिन जुडोमा ब्ल्याक बेल्ट



काठमाडौं, ८ चैत

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन जुडोमा ब्ल्याक बेल्ट हुन् । मार्सल आर्ट खेलको खुबी उनमा धेरै देखिन्छ, त्यो हो छल र आक्रमकता ।

यस्तो छल र आक्रमता युक्रेनमा फौजी हस्तक्षेप गर्ने फैसला, २०१४ मा क्रिमियालाई रुसमा मिलाउने निर्णय र सिरियामा सरकार विरोधी विद्रोहीहरूमाथि बम वर्षाउने काममा प्रयोगक गरेको प्रष्ट देखिन्छ ।

पुटिनका ती फैसलाले कैयौँ पर्यवेक्षकलाई हैरान पारेको थियो । सिरियामा रुसको हस्तक्षेप गर्ने कुराले बसर अल हसदको सरकारलाई सहारा मिल्यो । ६५ वर्षीय पुटिनले रुसको शक्ति देखाउन कहिल्यै कन्जुस्याइँ गरेनन् र यस्तो गर्ने आफ्नो चाहना नै लुकाए ।

वर्षौंसम्म रुसलाई अमेरिका र नेटो देशहरूले नजरअन्दाज गरे तर एक पटक अमेरिकामा पुटिनका पुराना साथी येवगेनी प्रिगोेजहिनमाथि २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप लाग्यो ।
रुस–अमेरिका सम्बन्ध
पुटिनको सल्लाहमा येवगेनी प्रिगोजहिनले अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको पक्षमा माहोल बनाउने कोसिस गरियो भन्ने गरिन्छ ।

चुनावमा कथित रूपमा धोका दिएको विषय सोसल मिडियामा खुब उचालियो र परिणामतः अमेरिकाले पुटिनका नजिकका कैयौँ अफिसरमाथि धेरै प्रतिबन्धहरू लगायो ।

मार्च २०१४ पछि युुक्रेनमा रुसको सैनिक हस्तक्षेपलाई लिएर युरोपियन सङ्घ र अमेरिकाले केही प्रमुख रुसी अधिकारीहरू र कम्पनीमाथि प्रतिबन्ध लगायो ।

यी प्रतिबन्धका कारण पुटिनका कैयौँ सहयोगीहरू पश्चिमा देशहरूको यात्रामा रोक लागेको छ र उनको व्यापारमा यसको असर परेको छ ।

राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा नै पुटिनलाई मन पराउने र रुससँग अमेरिकाको सम्बन्ध सुधार्न चाहेको कुरा बताइसकेका छन् ।

तर केही मानिसहरू अमेरिका–रुस सम्बन्धमा आएको खटपटलाई नयाँ शीत युद्ध भनिरहेका छन् । दुवै देशहरूको बीच अविश्वास पहिलेभन्दा बढी सुदृढ भएको पनि भनिँदै छ ।

रणनीतिक साझेदारी
अवस्था कस्तो छ भने रुस र युरोपियन युनियनको रणनीति साझेदारी पनि छैन । पश्चिमी देकश पुटिनलाई पूर्र्वी युक्रेनमा रुस समर्थक विद्रोहीहरूलाई हतियार र सैन्य सहयोग गरेको आरोप लगाउँछन् ।
यद्यपि पुटिनले केही रुसी मानिस आफ्नो मनमर्जीले ती विद्रोहीलाई सहयोग गर्न त्यहाँ गएको कुरा मात्र स्वीकारेका छन् ।

युक्रेनको आन्तरिक मामलामा हस्तक्षेप गरेको आरोप लगाए पुटिन भड्किन्छन् । उनको भनाइ छ, युक्रेनमा सत्तापलट हँुदा बाध्य भएर तत्कालीन राष्ट्रपति विक्टर यानुकोबिच भागेर फेब्रुअरी २०१४ मा रुस

आएका थिए । युक्रेन सङ्कटभन्दा पहिला पुटिनले सोभियत सङ्घ पतनाई २०आँै शताब्दीको सबैभन्दा ठूलो महाविनाश भनेका थिए ।
रुसका गाउँगाउँसम्म इन्टनेटको विस्तारलाई पुटिनले विरोध गरे ।

कष्टकर बाल्यकाल
भ्लादिमिर पुटिनको बाल्यकाल लेनिनग्राद (अहिलेको सेन्ट पिर्टसबर्ग) मा यस्तो माहोलमा भएको थियो, जहाँ स्थानीय केटाहरूबीच मारकाट साधारण कुरा थियो ।
यीमध्ये कैयौँ केटा पुटिनभन्दा ठूला र धेरै सङ्ख्यामा हुन्थे । यही कुराले पुटिन जुडो सिक्न थाले । क्रेमलिनको वेबसाइडका अनुसार पुटिन आफ्नो स्कुलको पढाइ पूरा गर्नुभन्दा पहिला नै सोभियत गुप्तचर सेवामा समावेश हुन चाहन्थे ।

अक्टुबर २०१५ मा पुटिनले भनेका थिए, ५० वर्ष पहिला लेनिनग्रादका सडकहरूले मलाई एक नियम सिकाएका थिए । यदि लडाइँ हुने निश्चित छ भने पहिलो मुक्का प्रहार गर । त्यसको अर्थ के थियो भने रुसमा चरमपन्थीको हमला पर्खनुभन्दा राम्रो सिरियामा उनीसँग लड्नुपर्छ । पुटिन सडकमा लडाइँ गर्ने आवाराहरूले प्रयोग गर्ने शब्द बोलेको पनि सुनियो ।

चेचेन्यामा अलगाउवादी विद्रोहीविरुद्ध रुसी सेनाको कारवाहीको समर्थन गर्दै पुटिनले उनलाई ट्वाइलेटसम्म सफा गराउने कसम खाएका थिए ।

मुस्लिम बाहुल्य नर्थ ककेससको इलाकामा १९९९–२००० को समयमा ठूलो लडाइँले ध्वस्त भएको थियो । यसमा हजाराँै मानिस मारिएका थिए ।

पुटिनले जर्जियामा एक अर्को मोर्चा खोले । सन् २००८ मा रुसी सेनाले जर्जियाई सेनालाई लखेटे र अबकाजिया र साउथ असेटियामाथि कब्जा गरे ।

त्यो समयमा जर्जियाका तत्कालीन नेटा समर्थक राष्ट्रपति मिखाइल साकासविलीसँग पुटिनको कटुता बढेको थियो । यसबाट सोभियत सङ्घका पहिलेका घटक देशहरूमा पश्चिमी समर्थक नेताहरूसँग बदला लिन पुटिन तयार छन् भन्ने लागेको थियो ।

भ्लादिमिर पुटिन : जासुसदेखि राष्ट्रपतिसम्मको यात्रा
१९५२ अक्टुबर ७ मा लेनिनग्राद (अहिलेको सेन्ट पिटर्सबर्गर) मा पुटिनको जन्म भएको थियो ।

उनले कानुन पढे । यसपछि सुरक्षा एजेन्सी केजीबीसँग जोडिए ।

पुटिनले साम्यवादी पूर्वी जर्मनीमा जासुी गरे । सुरक्षा एजेन्सी केजीबीका केही सहयोगी पुटिन युगमा माथिल्ला पदहरूमा पुगे ।

१९९० यो दशकमा सेन्ट पिटर्सबर्गका मेयर एन्टोनी सोबचकले पुटिनलाई कानुन पढाएका थिए ।

१९९७ पुटिन रुसको पहिलो राष्ट्रपति बोरिस यल्तसिनको सरकारमा गए । उनलाई सङ्घीय सुरक्षा सेवाको प्रमुख बनाइयो ।

१९९९ मा यल्तसिनले राष्ट्रपति पदबाट राजीनामा दिए र पुटिनलाई कार्यवाहक राष्ट्रपति बनाए ।

२००० भ्लादिमिर पुटिनले राष्ट्रपतिको चुनाव सजिलै जिते ।

२००४ मा पुन राष्ट्रपति बने ।

तेस्रो पटक रुसी संविधान अनुसार उनी राष्ट्रपति चुनाव लड्न पाउँदै थिए तर उनी प्रधानमन्त्री बने ।

२०१२ मा तेस्रो पटक राष्ट्रपति चुनामा विजयी भए ।

माचो म्यान र दयालु स्वभावका पुटिन


पुटिन माचो म्यानजस्तै जीवनको आनन्द लिन्छन् । उनी सन् २००० मा चुनावको समयमा फाइटर जेट उडाएका थिए । २०११ मा बाइक फेस्टिबलमा पुटिनले स्पोर्टस बाइक चलाएर भाग लिए । द नाइट बुल्फ बाइकर्स ग्याङले २०१४ मा पूर्वी युरोपमा काला सागरको क्रिमिया प्रायद्वीपमा कब्जा गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । यो ग्याङले त्यो समयमा देशभक्तिपूर्ण भावना फैलाउने काम गरे ।

कुकुरलाई माया गरेको र लोपोन्मुख अमुर बाघको प्रजातिको हेरचाह गर्दै गरेको पुटिनको फोटा रुसी मिडियामा उनको छवि एक दयालु मानिसको रूपमा स्थापित भयो ।

पुटिनकी छोरी
रोयटर्स न्युज एजेन्सीको सर्वेक्षणले के थाहा जनाएको भने छ भने पुटिनकी कान्छी छोरी कातेरिनालाई पढाइको समयमा नै मस्को स्टेट युनिभर्सिटीमा शीर्ष प्रशासनिक पदमा नोकरी दिइएको थियो । उनी डान्स प्रतियोगितामा पनि भाग लिन्छन् ।

पुटिनकी जेठी छोरी मारिया पनि शिक्षाक्षेत्रमा काम गरिरहेकी छिन् । उनी बायोलोजीमा विशेषज्ञता हासिल गर्दै छिन् ।

रोयटर्सको सर्वेक्षण अनुसार पुटिनका नजिकका मानिसका छोराछोरी ठूलठूला पदमा नोकरी गर्छन् ।

रुसमा भ्रष्टाचार विरोधी अभियानका नेता अलेक्सी नवलानीले पुटिनको सरकारलाई नयाँ सामन्ती प्रणालीको तक्मा दिएका छन्, जुन समाजमा एक सानो समूहले सम्भ्रान्त मानिसहरूको चिन्ता गर्छ । रुसी सहर सोचीमा २०१४ मा भएको विन्टर ओलम्पिकमा पुटिन कालको भव्य प्रदर्शन गरिएको थियो । यस आयोजनामा करिब नेपाली रु ५३ खरब खर्च गरिएको थियो, जुन खर्च ओलम्पिक खेलको इतिहासमा अहिलेसम्मको सबैभन्दा बढी खर्च हो ।

पुटिनलाई जुडा र हिउँमा हक्की खेल्न मन पर्छ । टेशको टिभी च्यानलले उनले हिउँमा खेलेको हक्कीलाई धेरै देखाएको थियो ।

पुटिन, राष्ट्रवाद र मिडिया
लामो शासनपछि पनि मानिसहरू उनलाई मन पराउँछन् । रुसी मिडियाका अनुसार पुटिनको लोकप्रियता यस्तो छ, जुन पश्चिमी नेताहरूका लागि केवल सपना हुन सक्छ ।

रुसी मिडियामा पुटिनको राष्ट्रवादी अनुहार छाएको हुन्छ । त्यहाँका मिडियामा उनको पक्षमा समाचार धेरै देख्न मिल्छ । यही कारणले उनीप्रति हुने आलोचनाका आवाज दबिन्छन् ।

२०१२ मा उनले तेस्रो पटक राष्ट्रपतिको चुनाव जिते । यसभन्दा पहिला राष्ट्रपति दिमित्री मेदवेदेवको कार्यकालमा उनी प्रधानमन्त्री भएका थिए तर पनि सत्तामा उनको हस्तक्षेप कम थिएन ।

उनका दुई कार्यकालमा रुसले तेल र ग्यासको निर्यातले धेरै कमायो । रुसी नागरिकहरूको रहन सहनमा धेरै सुधार भयो ।

२००८ पछि भूमण्डलीकरणको मन्दीको असर रुसको अर्थव्यवस्थामा नराम्रोसँग पर्यो । रुस सोभियत कालपछि सबैभन्दा ठूलो सरकार विरोधी आन्दोलनको साक्षी बन्यो ।

आन्दोलनमा समावेश भएका विरोधीमध्ये कतिलाई जेल पठाइयो भने कतिलाई पछाडि पारियो । यसको शिकार पुटिनका मुख्य विपक्षी नेता अलेक्सी नावलनी पनि भए ।

अलेक्सीले ठूलो मात्रामा भ्रष्टाचारको पर्दाफास गरेर पुटिनको विरोध गरे र उनको पार्टी युनाइटेड रसियालाई बदमासहरूको र चोरहरूको पार्टी भनियो ।

मानवअधिकार हननको चिन्ता
पुटिनको तेस्रो कार्यकाल रुढिवादी रुसी राष्ट्रवादको रूपमा हेरिन्छ । उनले कट्टर चर्चको प्रोत्साहनमाथि धेरै प्रतिबन्ध लगाए ।

समलैङ्गिक प्रोपोगान्डाको प्रचार गर्ने समूहमाथि प्रतिबन्ध लगाए, जसको समर्थन चर्चले गरेका थिए ।

राष्ट्रपति बनेपछि पुटिनले उदारवादीहरूलाई साइड लगाए । अन्तर्राष्ट्रिय स्तरमा मानवअधिकार हनन्को चिन्ता त्यो समयमा बढ्यो । त्यतिबेला विश्वका धनी मिखाइल खोडोकाब्स्कीलाई जेलमा हाले ।
पुटिनको सम्बन्ध बेलायतसँग २००६ पछि बिग्रन थाल्यो । उनका विरोधी अलेक्जेन्डर लिटविनेनलाई विष खुवाएर मारियो । रुसी एजेन्टहरूमाथि उनको हत्याको आरोप लाग्यो ।
विश्व मञ्चमा रुसको स्पष्टताका कैयौँ अन्य प्रमाण देख्न सकिन्छ । -बीबीसी

प्रतिक्रिया दिनुहोस्