रुवाण्डा, ८ चैत
अफ्रिकाका विभिन्न ४४ मुलुक अफ्रिका महादेशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने बिषयमा सहमत भएका छन् ।
अफ्रिकी यूनियन प्रमुख माउसा फाकी मोहम्मतले बुधबार गरिएको सम्झौतामा सवै ४४ अफ्रिकी मुलुकले हस्ताक्षर गरेका बताउनुभयो ।
अफ्रिका महादेशीय स्वतन्त्र व्यापार (सीएफटीए)का लागि सम्झौता भएको र यसबाट अफ्रिकी मुलुकमा व्यापार व्यवसाय गर्न सदस्य राष्ट्रलाई सहज हुनेछ, मोहम्मतले थप्नुभयो ।