आफ्नै २६ लिटर रगतबाट कुरान लेखाएका थिए सद्दाम हुसेनले



काठमाडौं, ८ चैत

सद्दाम हुसेनलाई ठूला–ठूला महल मात्रै होइन, ठूला–ठूला मस्जित बनाउने पनि सोख थियो । उनले मध्य बगदादमा एउटा भव्य मस्जिद बनाएका थिए, जसलाई ‘उम्म अल मारीक’ नाम दिइएको थियो ।

सन् २००१ मा सद्दाम हुसेनको जन्मदिनका अवसरमा सद्दामले त्यो मस्जिद बनाएका थिए । मस्जिदको टुप्पो स्कड मिसाइलबाट बनाइएको थियो । यो त्यही मिसाइल थियो जुन अरब युद्धको समयमा इजरायलमा खसालिएको थियो ।

‘अपरेसन डिजर्ट स्टोर्म’ नाम दिइएको त्यो मिसन ४३ दिनसम्म चलेको थियो । त्यसैको सम्झनास्वरुप मस्जिदको मिनारको उचाई ४३ मिटर नै राखिएको थियो ।

सद्दाम हुसेनको जीवनी लेख्ने कोन कफलिन लेख्छन्, ‘सद्दामले बनाएको एउटा मस्जिदमा रगतले लेखिएको एउटा कुरान राखिएको छ ।’ त्यस कुरानको ६०५ पृष्ठ मानिसहरुकालाई देखाउनका लागि एउटा सिसाको बाकसमा राखिएको थियो । मस्जिदका मौलानाका अनुसार यो कुरान लेख्नका लागि सद्दाम हुसेनले तीन वर्षसम्म २६ लिटर रगत दिएका थिए ।

सद्दामको बारेमा लेखिएको अर्को पुस्तक ‘सद्दाम हुसेनः द पोलिटिक्स अफ् रिभेन्ज’ का लेखका सैद अबूरिशकाका अनुसार सद्दामले ठूला–ठूला मस्जिद र भवन बनाउनुको पछाडिको कारण उनले टिक्रिटमा बिताएको बाल्यकाल हो । बाल्यकालमा सद्दामलाई जुत्ता किनिदिने पैसासमेत उनको परिवारसँग थिएन ।

सद्दाम हुसेनकै बारेमा अर्को पुस्तक लेख्ने अमाजिया बरम लेख्छन्, ‘सद्दाको शासनकालमा कैयौँ दुश्मनलाई थेलियम नामको विष दिएर हत्या गर्ने गरिएको थियो । सद्दामलाई पनि कसैले विष प्रयोग गरेर आफ्नो हत्या गर्छ कि भन्ने डरले सताइरहेको थियो । त्यसैले उनले खाने माछा, तरकारीलगायतका सबै चिज हप्ताको दुई पटक चेक गरिन्थ्यो ।’

सद्दाम हुसेनलाई सन् २००६ मानवताविरुद्धको अपराधमा मृत्युदण्ड दिइएको थियो ।

–बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्