पीपीपी मोडलमा क्रिकेटको रंगशाला बनाउन सकिन्छ : विनोद चौधरी



काठमाडौं, ८ चैत

नेपाली कांग्रेसका सांसदसमेत रहेका उद्योगपति विनोद चौधरीले निजी-सरकारी साझेदारी (पीपीपी) मोडलमा रंगशाला बनाउन सकिने बताएका छन्।

फोर्ब्सको सूचीमा परेका नेपालका एक मात्र अर्बपति चौधरीले चार वर्ष अघि नेपालले आइसिसि टि-२० विश्वकप खेल्ने बेला पनि क्रिकेटको रंगशाला बनाउने घोषणा गरेका थिए।

नेपाली क्रिकेट टिमले एकदिवसीय मान्यता पाएसँगै संरचना अभावबारे कुरा उठेपछि चौधरीले ट्वीटरमार्फत केही समयअघि सार्वजनिक रूपमै रंगशाला निर्माणका लागि बोलेको र रंगशालाका लागि आवश्यक पर्ने जग्गा र पूर्वाधारका लागि राज्यलाई दबाब दिन अब तपाईँहरूको साथ आवश्यक रहेको बताएका हुन्।

क्रिकेट रंगशाला निर्माणका लागि तपाईंहरूले देखाउनुभएको चासो र निरन्तरको पहलकदमीका लागि आभार व्यक्त गर्दछु । म आफैंले केही समयअघि सार्वजनिक रूपमै रंगशाला निर्माणका लागि बोलेको थिएँ । रंगशालाका लागि आवश्यक पर्ने जग्गा र पूर्वाधारका लागि राज्यलाई दबाब दिन अब तपाईंहरूको साथ आवश्यक छ ।

उनले क्रिकेट रंगशाला निर्माणका लागि आफूलाई प्रश्न राखेको तथा चासो र निरन्तरको पहलकदमीका लागि आभार व्यक्त गर्दै जमिनको लागि राज्यको दवाव दिन आवश्यक भएको बताए।

यसैबीच उनले त्रिभुवन विश्वविद्यालयको खेल मैदानलाई पनि पुनर्संरचना गर्न सकिने भन्दै यसका लागि राज्यलाई दबाब दिन अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्