भाग्यमानी छु, दिपिका मेरो जिन्दगीमा छिन् : रणवीर सिंह



बलिउड एक्टर रणवीर सिंहले दिपिकालाई एक कलाकारको रुपमा मन पराउने र दिपिका उनको जिवनमा भएकाले आफुँलाई भाग्यमानी ठान्ने गरेको बताएका छन् ।

रणवीर एउटा मिडियाको इवेन्टमा गएका थिए जहाँ उनलाई दिपिका सँगको सम्बन्ध र बिहेको बारेमा सोधियो । उक्त प्रश्नलाई आलटाल गर्दै उनीहरुको सम्बन्ध आपसी स्नेह रहेको र उनले दिपिकालाई एक कलाकारको तर्फबाट निकै नै माथीको दर्जा दिएको कुरा उल्लेख गरे । दिपिकाको तारिफ गर्दै रणवीरले उनी एक सानदार एक्ट्रेस रहेको र आफुँले उनीबाट धेरै कुरा सिकेको पनि बताए ।

रणवीरलाई पूर्ण मानिस बनाउन सहयोग गरेकाले उनी दिपिकालाई आफ्नो जिन्दगीमा पाएकोमा धेरै भाग्यमानी ठान्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्