अमेरिका–उत्तर कोरिया वार्तामा प्रतिबन्धको डर कति ?



उत्तर कोरियाको सरकारी मिडियाका अनुसार उत्तर कोरिया कुनै पनि प्रतिबन्धको डरले नभई आफ्ना आत्मविश्वासका कारण दक्षिण कोरिया र अमेरिकासित संवादका लागि तयार भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले किम जोङ उनसित भेटघाटको प्रस्ताव स्विकारेपछि कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का तर्फबाट यो भनाइ सार्वजनिक भएको हो ।

यस रिपोर्टमा ती आलोचकका सोचलाई साँघुरो सोच बताएर तिनको आलोचना गरिएको छ, जसले उत्तर कोरियाको मनसायमाथि प्रश्न उठाइरहेका छन् । तर, दुई राष्ट्रप्रमुखबीच कुराकानी हुने लगभग पक्का जस्तै भए पनि ट्रम्प र किमको भेटघाट कहिले र कसरी हुनेछ, यसबारे अहिले कुनै जानकारी प्राप्त भइरहेको छैन । साँच्चै यो वार्ता भएको खण्डमा यो अमेरिका र उत्तर कोरियाका सत्ता प्रमुखबीचको पहिलो वार्ता हुनेछ ।

यसै वर्षको फेबु्रअरीमा अमेरिकाले उत्तर कोरियामाथि अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबन्ध लगाएको थियो । जुन ट्रम्पका शब्दमा भन्ने हो भने उत्तर कोरियाविरुद्ध अधिकतम दबाब अभियान’ हो ।

वातावरण बिगार्ने कोसिस
केसिएनएले सीधा रूपमा त यस सम्भावित शिखर वार्ताबारे केही भनेको छैन । तर, यसका अनुसार यस ‘शान्ति प्रस्ताव’बाट उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा ‘परिवर्तनको संकेत’ देखिन थालेको छ । सम्भावित शिखर वार्ताका समाचार आएपछि पहिलोपटक केसिएनएले अमेरिकामाथि उत्तर कोरियाको बदलि“दो नीतिको चर्चा गरेको छ ।

मंगलबार प्रकाशित यसको सम्पादकीयमा भनिएको छ– उत्तर कोरियाको शान्ति प्रस्तावले उसको आत्मविश्वासलाई देखाएको छ, जसको अर्थ, उसले जे चाहेको थियो, त्यो पायो । यो भन्नु बिल्कुलै बकबास हो कि उत्तर कोरियाको यो कदम प्रतिबन्ध या कुनै दबाबको परिणाम हो ।

प्रतिबन्धको डरका कारण उत्तर कोरिया वार्तामा बस्न तयार भएको भन्नेहरूले आफ्नो साँघुरो सोच प्रकट गरिरहेका छन् । उनीहरू आफ्ना यस्तै विचारका माध्यमबाट माहोल खराब होस् भन्ने चाहन्छन् ।

‘प्रतिबन्धको डरका कारण उत्तर कोरिया वार्तामा बस्न तयार भएको भन्नेहरूले आफ्नो साँघुरो सोच प्रकट गरिरहेका छन् । उनीहरू आफ्ना यस्तै विचारका माध्यमबाट माहोल खराब होस् भन्ने चाहन्छन् ।’

तीनै देशबीचको वार्ता सम्भव
यस पहिनाको सुरुवातमै भेटवार्ताको सम्भावनामाथि चर्चा सुरु भएको छ । किम जोङ उनले दक्षिण कोरियाका माध्यमबाट अमेरिकालाई यो सन्देश पुर्‍याएको छ कि उनी ट्रम्पसित भेटवार्ता गर्न चाहन्छन् र आफ्नो आणविक कार्यक्रम छाड्नका लागि प्रतिबद्ध छन् । ट्रम्पले यस प्रस्तावलाई स्विकारेका छन् । तर, त्यसयता नै यस शिखर वार्तालाई लिएर उत्तर कोरियाले कुनै आधिकारिक वक्तव्य दिएको छैन ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन पनि अप्रिलमा उत्तर कोरियाका नेता किम जोङ उनसित भेटघाट गर्ने तयारीमा छन् । र, उनले तीनै देशको शिखर वार्ता हुन सक्ने सम्भावना रहेको पनि संकेत गरेका छन् । दक्षिण कोरिया र उत्तर कोरियाको सम्बन्ध हिउँदे ओलम्पिकका क्रममा सौहार्दपूर्ण देखिएको थियो, जब दुवै देश संयुक्त झन्डामुनि देखिएका थिए ।

दक्षिण कोरिया र अमेरिकाले आफ्नो वार्षिक साझा सैन्य अभ्यासलाई पनि रोकेका थिए । जसका कारण उत्तर र दक्षिण कोरियाबीच कुराकानी हुन सम्भव भएको थियो । अब यो सैन्य अभ्यास आगामी महिना हुनेछ ।

बिबिसी हिन्दीको समाचार टिप्पणी
बिबिसी डट कम/हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्