पेट फुल्ने वा डम्म हुने समस्या भए यसो गर्नुहोस्



समन्यतया पेट फुल्ने समस्या अस्वस्थकर खानपान, अपच तथा ग्यास्ट्रिकका कारणले हुने गर्छ । त्यस्तै कुनै खालको बिमारीको कारण पानि पेट फुल्ने समस्या देखा पर्छ । पेट फुलेर डम्म हुने र अप्ठ्यारो अनुभव हुने हुँदा यस्तो समस्याले छटपटी हुने पनि हुन्छ । खासमा पेट फुल्नुको कारण एरिटेबल बाउल सिन्ड्रोम, अल्सर जस्ता समस्याहरुको कारणले पनि हुन सक्छ । कलेजोमा कुनै इन्फेक्सन तथा हेपटाइटिस लगाएतका रोगहरुको कारणले पनि यो पेट डम्म हुने र फुल्न गर्दछ।

हामी तपाईलाई यस्ता खानेकुराहरुको बारेमा जानकारी गराउदै छौ । जसबाट तपाईले पेट फुल्ने तथा डम्म हुने समस्याबाट मुक्ति पाउनु हुनेछ ।

कागती पानी
कागती पानीले पेटलाई सफा राख्नुको साथै सरिरको लागि अनावस्यक पानि तथा ग्यांस निकाल्ने सबैभन्दा राम्रो मानिन्छ ।

अदुवा
अदुवा खाएको कुरा नपच्ने (अपच ) को औषधी अदुवा जस्तो अरु केहि हुनसक्दैन । यसमा पाईने एन्टी इन्फ्लेमेटरी तत्वको कारणले पेटले राहतको अनुभती हुने गर्दछ ।

नरिवल पानी
काँचो नरिवलको पनि पोटासियम प्रशस्त मात्रामा पईन्छ । जसले शरिरमा सोडियमको मात्रालाई सन्तुलनमा राख्न कार्यमा सहयोग गर्दछ ।

केरा
केरामा पाइने प्रशस्त पोटासियमले शरिमा सोडियम सन्तुलित गरि पेटको फुल्ने प्रक्रियामा कम गर्ने कार्य गर्दछ ।

फर्सी
यसमा भिटामिन ए, पोटाशियम र फाइबर पाइन्छ। यसले पाचन प्रक्रिया ठिक बनाउँछ।

दही
यसमा प्रोबायोटिक्स अर्थात शरिरलाई चाहिने ब्याक्टेरिया पाइन्छ। फुलेको पेटको लागि दही अत्यधिक लाभ्दायक हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्