काठमाडौँ, १० चैत
काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारबाट तेस्रो खाद्य मेला सुरु भएको छ ।
मेला नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ र प्रविधि तथा गुण नियन्त्रण विभाग संघको संयुक्त आयोजनामा सञ्चालन भएको छ । सो मेला आइतबारसम्म सञ्चालन हुने बताइएको छ ।
मेलामा हिमाल, पहाड र तराई प्रदेशमा पाइने र विभिन्न जाति जनजातिका लोकप्रिय पौष्टिक परिकारको प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । तयारी खाद्य पदार्थको स्वाद लिनुका साथै खरिद समेत गर्न पाइने व्यवस्था रहेको छ ।
मेलामा विभिन्न जाति, जनजातिका परम्परागत परिकारसहितका १४ स्टल, विभिन्न संघसंस्था बाट जानकारीमूलक २४ स्टल र विभिन्न उद्योगहरुबाट उत्पादित खाद्य वस्तु बिक्री विवतरण गर्ने गरी ४० वटा गरि जम्मा ७८ स्टल सहभागि रहेको आयोजकले बतायका छन् ।