सेलेना गोमेजको सुन्दर शरीरको रहस्य



सन् २००७ मा डिज्नी च्यानलको टेलिभिजन शृंखला खेल्दा सेलेना गोमेजको उमेर केवल १४ वर्ष थियो । यस शृंखलाले उनलाई विश्वव्यापी चर्चा दिलायो । २५ वर्षको उमेरसम्म आइपुग्दा उनी विश्वचर्चित गायिका तथा अभिनेत्रीका रूपमा प्रख्यात छिन् । उनको स्मार्ट, प्रतिभाशाली र चार्मिङ व्यक्तित्वले धेरैलाई प्रभावित गर्ने गरेको छ । तर, सेलेनाको व्यक्तित्व सजिलै बनेको होइन । उनका फिटनेस प्रशिक्षक अमी रोसोफ डेविसले उनलाई फिट र सुन्दर देखाउनका लागि ठूलो कसरत गर्ने गरेका छन् । सेलेना पनि कडा अनुशासनमा बस्छिन् ।

ब्रेकफास्ट : एग रोल, चामल, एभोकाडो, गेडागुडी वा ग्रानोला, फुल–फ्याट ग्रिक योर्गट
लन्च : टर्कीको मासु, गेडागुडी, ओलिभ तेलमा हालेको एभाकाडो, रेड वाइन भिनेगर, कागती जुस र डिजोन मस्टार्ड
डिनर : चिकेनसहितको तेरियाकी बल वा सलमोन, काँक्रो, एभाकाडो, चामल, तेरियाकी सस
स्न्याक्स : रायो, काँक्रो, अदुवा र मुलाको मिक्स जुस (ताजा र तत्काल पेलेको)

यो सेलेनाको नियमित डाइट चार्ट हो । यससँगै उनी ताजा जुस, फलफूल, हरियो सागपात, ब्रोकाउली, चिज, ब्राउन राइसलगायत स्वस्थकर खाद्यान्न तथा अत्यधिक पानी सेवन गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्