जीवनमा भने धेरै पिडा-तनाव भोगे : संजय दत्त



एक जमाना थियो संजय दत्तलाई आफ्नो फिल्ममा लिनको लागी निर्माता-निर्देशकहरुको तछाँडमछाड नै हुन्थ्यो।उनको सानो उपस्थिती फिल्म चलाउने मसला हुन्थ्यो निर्माता-निर्देशकलाई।

वास्तव,मुन्नाभाई,सडक,साजन,खलनायक,खौफ लगायत थुप्रै सुपरहिट फिल्ममा अभिनय गरेका संजय दत्तको क्रेज आजपनी कम छैन।संजय दत्तको जीवनीमा आधारित चलचित्रको छायांकन पनि भईरहेको छ। जसमा रणबीर कपुरले अभिनय गर्दैछन्।

फिल्मी पर्दामा सफल र सुपरस्टार अभिनेता संजय दत्तले वास्तविक जीवनमा भने धेरै नै उतारचढाब भोगेका छन्।

संजयकी आमा क्यान्सर रोगको कारण बितिन्।पहिली पत्नी ऋचा शर्माको ब्रेन ट्युमरबाट निधन भएपछि संजय दत्त विक्षिप्त भए।

उनको दोस्रो वैवाहिक जीवन पनि त्यति सफल रहेन। रिया पिल्लईसँग दोस्रो विहे गरेका संजय दत्तको १९९८ मा सम्बन्धविच्छेद भयो।पछि उनी नशालु पदार्थको कुलतमा समेत फसे।

त्यस्तै,सन् १९९३ मा भएको मुम्बईमा भएको विष्फोटमा सहयोग गरेको र घरमा अवैध रुपमा एके-४७ राइफल राखेको आरोपमा १८ महिना जेल सजाय भोगे।अप्रिल १९९५ मा जमानतमा छुटेका संजय ६ बर्ष लामो कारावास सजाय भोगेर जेलमुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्