पोखरा, १० चैत
स्याङ्जाको प्रशिद्ध धार्मिकस्थल राम्चेदेवी मन्दिरमा आयोजना हुने ‘तेस्रो चैतेदशै मेला’को तयारी पूरा भएको छ ।
चैतेदशैका अवसरमा फेदीखोला गाँउपालिका ४ भिरमाथीका युवाहरुको सक्रियतामा शुक्रबारबाट शुरु हुने मेलाको तयारी पूरा भएको चैतेदशै मेला मूल आयोजक समितिका अध्यक्ष दीपेन्द्र पौडेलले जानकारी दिए ।
‘धार्मिक ,सांस्कृतिक, पुरातात्विक संरक्षणमा युवा भेला, शितला राम्चेदेवी मन्दिरलाई पर्यटकीय स्थलमा प्रर्वधन गर्न चैते दशै मेला’ नाराका साथ सुरु हुन लागेको मेला तीन दिनसम्म सञ्चालन हुने समितिले जानकारी दिएको छ ।
तीन दिनसम्म जारी रहने मेलाको पहिलो दिन भलिबल प्रतियोगिता हुने समितिले जनाएको छ भलिबलका लागि शुक्रबार बिहान ९ बजेसम्म टिम दर्ता गर्न सकिने समितिका अध्यक्ष पौडेलले जानकारी दिए ।
यस्तै दोस्रो दिन ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहने जनाइएको छ । मेलामा चन्द्रा कार्की, तुलसा जिसी, प्रदिप त्रिपाठी, विष्णु बराल, राजन पौडेल, खेम सुबेदी लगायतको प्रस्तुती रहने छ भने सोही दिन विभिन्न स्थानिय समूहको भजन चुड्का पनि मेलाको आर्कषण रहेको समितिका महासचिव विनोद पौडेलले जानकारी दिए ।
यस्तै मेलाको अन्तीम दिनमा पुरस्कार वितरण रसी तान्ने, महिला म्युजिकल चेयर,स्थानिय उत्पादनको प्रर्दशनी तथा बिक्री लगायतका गतिबिधी हुने जनाइएको छ ।
चैतेदशैमा प्रशिद्ध शितला राम्चेदेबी दर्शन गर्न मन्दिर पुग्ने भक्तजनहरुलाई लक्षित गरि आयोजना गर्न लागिएको मेलाको करिव १५ हजार दर्शकले अवलोकन गर्ने आयोजकले दावी गरेको छ ।