फेसबुकका संस्थापक जुकरबर्गले माफी मागे



११ चैत्र २०७४

एजेन्सी, फेसबुकका संस्थापक मार्क जुकरबर्गले लाखौं फेसबुक प्रयोगकर्ताको विवरण एउटा राजनीतिक परामर्शदाता कमपनीले लिएको विषयमा कम्पनीको तर्फबाट माफी मागेका छन् ।

राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले गलत शैलीले फेसबुक प्रयोगकर्ताको सूचना लिएको तथ्य सार्वजनिक भएपछि जुकरबर्गले संस्थाको तर्फबाट गल्ती स्वीकार गर्दै माफी मागरेका हुन् । उनले आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेको बीबीसीले जनाएको छ ।

राजनीतिक लाभका लागि केम्ब्रिज एनालिटिकाले पाँच करोड फेसबुक प्रयोगकर्ताको विवरण लिएको र धेरैको विवरण फिर्ता नगरेपछि फेसबुक सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ । सार्वजनिक भएको सूचना अनुसार केम्ब्रिज एनालिटिकाले ती विवरण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा प्रयोग गरेको बताइएको छ ।

यो प्रकरणले कम्पनीको गल्ती सार्वजनिक भएको भन्दै जुकरबर्गले माफी मागेका हुन् । उनले यो प्रकरणले फेसबुकलाई सुरक्षित बनाउन नयाँ एप्लिकेशनको विकास आवश्यक भएको औंल्याएका छन् । नयाँ एपमार्फत् तेस्रो पक्षले फेसबुक प्रयोगकर्ताको जानकारी लिनसक्ने कुरामा कडाई गरेर नयाँ ढंगले अघि बढ्ने उद्घोष जुकरबर्गले गरिसकेका छन् ।

उनले फेसबुकमा हुने कुनै पनि गल्तीमा आफू जिम्मेवार हुने बताउँदै प्रयोगकर्ताको विवरणको संरक्षण गर्ने जिम्मा आफ्नो भएको बताएका छन् । उनले यस्ता समस्या फेरि नहुन भन्नका लागि भविष्यमा केही व्यवस्थापन गर्ने प्रष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्