अष्ट्रेलियन क्रिकेटर केमरन बेनक्राफ्टले ‘बल टेम्परीङ’ गरेपछि विवाद



काठमाडौं – अष्ट्रेलियन क्रिकेटर केमरन बेनक्राफ्टले दक्षिण अफ्रिकासँगको टेस्ट क्रिकेटमा ‘बल टेम्परीङ’ गरेपछि विवादमा आएका छन्।

२५ वर्षीय बेनक्राफ्टले खेल जारी रहेको समयमा बल चम्काउनु अघि आफ्नो पकेटबाट केही निकाल्दै गरेको भिडियो टेलिभिजन स्क्रिनमा देखिएको थियो। बेनक्राफ्टले त्यो चिज पहेलो टेप भएको स्वीकार गरेका छन्।

बेनक्राफ्टले आफ्नो गल्ती स्वीकार्दै माफी मागेका छन्। यस प्रकरणमा अस्ट्रेलियाका कप्तान स्टेभन स्मिथले माफी माग्दै अब यस्तो नहुने बताएका छन्। यो प्रकरणपछि धेरै क्रिकेटरहरूले आपत्ती जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्