काठमाडौं : पर्वतारोही पथप्रर्दशकलाई तालिम दिने संस्था नेपाल पर्वतारोहण प्रशिक्षक संघको अध्यक्षमा लाक्पा शेर्पा सर्वसम्वत निर्वाचित भएका छन् । आइतबार काठमाडौंमा भएको छैटौ अधिवेशनले अन्तराष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक समेत रहेको प्रशिक्षक लाक्पा शेर्पाको अध्यक्षतामा सात सदस्सीय नयाँ कार्यसमिति चयन भएको छ ।
संघको उपाध्यक्षमा फूर्वानाग्यल शेर्पा, महासचिव छिरिङ पाण्डे भोटे, कोषाध्यक्ष फुरतेम्वा शेर्पा र सदस्यमा नरेश साही, लामबाबु शेर्पा, टेण्डी शेर्पा छन् ।
पर्वतारोहण पथप्रर्दशक प्रशिक्षकले २०५८ सालमा संस्था स्थापना गरी नयाँ पर्वतारोहण पथ प्रर्दशक उत्पादन गर्दै आएको छ । संघले तालिम दिई हिमाल आरोहण गर्नेलाई सुरक्षित आरोहण गर्न दक्ष गाईड उत्पादन गर्दै आएको छ । अन्तराष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक भएपछि परीक्षा उर्तिण गरेर संस्थाको सदस्य बन्न सकिन्छ ।
संघका सदस्य अहिलेसम्म ३४ जना छन् । नेपालमा रहेका आठ हजार माथिका १४ र चार सय बढी साना हिमालमा ५० जना अन्तराष्ट्रिय र १८ जना राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशकले गाइड गर्दे आएका छन् । हिमाल आरोहण मात्र नगरी नजिकबाट अध्यन गरेका र नयाँनयाँ प्रविधिको प्रयोग गरी आरोहणलाई सुरक्षित व्यवस्थित बनाउन संघले भूमिका खेल्दै आएको र आउने दिनमा प्रतिवद्धतासहितको सुरक्षित आरोहणलाई प्राथमिकता दिने अध्यक्ष शेर्पाले बताए । (अन्नपुर्ण पोस्ट)